आज :

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, २ एजेण्डा तय

  • अनलाइन डबली

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।काँग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले जानकारी दिए ।

उता आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन कायम रहे नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टी मिलेर अर्को गठबन्धन बनाउने तयारी भइरहेको छ ।​ लोसपाले पहिलो प्राथमिकतामा काँग्रेस, जसपासहितको लोकतान्त्रिक गठबन्धनलाई राखेको छ ।

त्यसका लागि सो पार्टीले आवश्यक प्रयास पनि गरिरहेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर सत्तारुढ गठबन्धन नटुट्ने सम्भावना देखेपछि लोसपाले अर्को गठबन्धन बनाउने गृहकार्य थालेको लोसपा सम्बद्ध एक नेताले बताए ।

एमाले, लोसपा र जनमत पार्टीबीच गठबन्धन बनाउने र त्यसमा अन्य साना दललाई पनि सामेल गराउने तयारी भइरहेको स्रोत बताउँछ । त्यसका लागि उनीहरुबीच कुराकानी पनि भइरहेको छ ।

रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीलगायतसँग पनि गठबन्धनका लागि छलफल गरिने बताइएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले हालै यिनै विषयमा रेशम चौधरीसँग छलफल गरेका छन् । जेलमा रहेका चौधरीलाई राउतले भेटेर चुनावमा तालमेल गर्न प्रस्ताव गरेका थिए । त्यसमा रेशम चौधरी पनि सकारात्मक रहेको बुझिएको छ ।

लोसपा र एमालेबीच चुनावी गठबन्धन हुने लगभग निश्चित भएको छ । त्यसमा सीके राउत नेतृत्वको जनमतलाई समावेश गराउन एमालेको प्रस्ताव छ । एमाले र जनमत पार्टीबीच यस विषयमा सामान्य छलफलसमेत भइसकेको र छलफल सकारात्मक रहेको जनमत पार्टीका नेताहरु बताउँछन् ।

एमाले र लोसपाले आपसमा गठबन्धन बनाउने भन्दा पनि सत्ता गठबन्धन भत्काउनुलाई साझा लक्ष्य बनाएका छन् । सत्ता गठबन्धन भत्किएमा त्यहाँबाट बाहिरिने केही दललाई ल्याएर नयाँ गठबन्धन बनाउने सोच एमाले र लोसपाको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal