आज :

त्रिभुवन विमानस्थलको सर्भर नै डाउन भएपछि….

  • अनलाइन डबली

ठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर डाउन (बिग्रिँदा) हुँदा चार वटा अन्तर्राष्ट्रिय उडानका कम्तीमा ५ सय यात्रु प्रभावित भएका छन् ।

अध्यायन प्रमुख पुष्प शाहीका अनुसार बुधबार दिउँसो ३ बजेर ५१ मिनेटमा अध्यागनको सर्भर बिग्रिएको थियो । सर्भर बिग्रिएपछि विदेश जाने र फर्किने यात्रुलाई अध्यागन कार्यालय सेवा दिन सकेन ।

‘गृह मन्त्रालयमा रहने जीआइडीसी नामको सर्भरले काम नगर्दा चारवटा अन्तर्राष्ट्रिय वायुसेवाका कम्तीमा ५ सय यात्रुलाई समयमै पासपोर्टमा छाप लगाउने, भिषा दिने, जरिवाना तिराउने लगायत राहदानीसँग सम्बन्धित सेवा समयमै दिन सकिएन,’ अध्यागमन प्रमुख शाहीले भने, ‘करिब डेढ घन्टापछि साझ साढे ५ बजेमात्रै सर्भर बन्यो ।’

विमानस्थलमा अध्यागनको सर्भर बिग्रिएको यो तेस्रोपटक हो । विमानस्थल प्रमुख प्रेम नाथ ठाकुरले सर्भर बिग्रिएका कारण सोलबाट आएको कोरियन एयर, दिल्लीबाट आएका भारतीय वायुसेवा भिस्तारा, इन्डिगो र नेपाल वायुसेवाका यात्रुले सास्ती बेहोर्नु परेको बताए ।

सर्भर नचल्दा यी जहाज कम्तीमा आधा घन्टादेखि १ घन्टासम्म ढिलो उडेका थिए भने विदेशबाट आएका यात्रुले तीन घन्टासम्म विमानस्थलमै कुर्नुपरेको एक विदेशी वायुसेवाका स्टेशन म्यानेजरले बताए ।

‘यो समस्यबारे हामीले गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिवलाई पनि थुप्रैपटक जानकारी गराइसक्यौं तर यस्मा कसैले चासो नै दिएको देखिएन,’ एक अर्का वायुसेवाका प्रतिनिधिले भने, ‘अध्यागन कार्यालयको यो सर्भरको भन्दा पनि अरु नै केही समस्या भएकाले बारम्बार वायुसेवाले यात्रुको गाली सुन्नु परिरहेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal