आज :

मनसुन सुरु भएलगत्तै देशभर बितण्डा, चट्याङ लागेर ७ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । बितेको २४ घण्टामा विपद्का घटनामा ८ जनाको मृत्यु भएको छ । सो अवधिमा १९ जिल्लाका ३२ स्थानमा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा, धादिङ, कैलालीमा विपद्का घटनाबाट ८ जनाको मृत्यु भएको हो । यस्तै ३ जना घाइते भएको प्राधिकरणले जनाएको ।

रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ्ग लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी बागलुङको काठेखोलामा २८ वर्षीय महिला, बाँकेको राप्ती सोनारीमा ७ वर्षीया बालक, पर्साको सखुवा प्रसौनीमा ३२ वर्षीय पुरुष, धादिङको त्रिपुरा सुन्दरीमा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सर्पदंशबाट धनगढीमा ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । विपद्का घटना गत वैशख १ देखि असार १५ सम्ममा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यस्तै ७० परिवार प्रभावित भएका छन् । सो अवधिमा झण्डै ४ करोड बराबरको क्षति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal