आज :

झाँक्रीको मन्त्री पदप्रतिकाे माेहः बिदाई कार्यक्रममा धरधरी रोइन्, यसो भन्छन् कर्मचारीहरु…

  • अनलाइन डबली

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पद छोड्दै गर्दा रोएकी छन् । उनले आइतबार मन्त्रालयबाट बिदार्इ
कार्यक्रममा रोएकी हुन् ।

आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीका आँखाबाट आशु झारेका थिए । उनले आँशु रोक्न खोज्दा पनि नरोकिएपछि पटक पटक टिस्यु पेपेरले आँशु पुछेकी थिइन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने निर्णयको विरुद्धमा उभिएकी झाँक्री अन्तिमसम्म पनि उक्त निर्णय फिर्ता गराउने पक्षमा लागेकी थिइन् । उनकै पहलमा १० जना सांसदहरुले पार्टीको निर्णयप्रति असहमति जनाउँदै पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पत्र नै लेखेका थिए । एक नेताका अनुसार यो पनि झाँक्रीकै पहलमा भएको थियो ।

पार्टी आपनो गरेको निर्णयबाट पछि नहट्ने र प्रेम आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएपछि झाँक्री बाध्य भएर मन्त्री छोड्न तयार भएको नेताहरु बताउँछन् । अरु मन्त्रीले सुरुमा असन्तुष्टि जाहेर गरेपनि अन्तिममा सहज रुपमा लिएको तर झाँक्री आज अस्वाभाविक रुपमा पेश भएको बताइएको छ ।

झाँक्रीले पाँच बजे पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन् । तर, त्यतिबेला बालुवाटार गइन् । उनले आजै कामु प्रधानन्यायधीशलाई समेत भेटेको बताइएको छ । बिदाइ कायक्रममा उपस्थित केही कर्मचारीले झाँक्री रूदै गर्दा कुरा काटिरहेका थिए । उनीहरूले ‘मन्त्रीज्यू पदभार ग्रहणकाे दिन हाँस्नु मात्रै भयाे र अाज रूँनुभयाे’ एक कर्मचारीले भने ।

मन्त्री झाँक्रीले पत्रकारको प्रश्नको जवाफ दिन नसक्ने भन्दै सचिवलाई भनिरहेकी थिइन् । उनले सुरुमा दुई जनाको मात्रै प्रश्नको उत्तर दिने बताएकी थिइन् । उनले प्रश्नलाई रिस उठ्ने प्रश्न सोधेमात्रै आफूले बताउन सक्ने पटक पटक बताएकी थिइन् । “म त बोल्नै नसक्ने भए” भन्दै सुरुमा प्रश्न सोध्ने पत्रकारको जवाफ दिइनन् ।

आफूले प्रधानमन्त्रीलाई भेटेको र बजेटसम्म काम गर्नु भनेपछि काम सुरु गरेको बताइन् । बजेटको डिफेन्स गर्नेबारे आफूलाई रहर भएको समेत बताइन् । मन्त्री झाँक्रीले पटक पटक रोइन् । बोल्न सकिनन् । अरू कुरा कुनै दिन भन्ने समेत बताइन् ।

उनले आफू आर्यघाट जाँदा पनि दिनभरी नै डिस्टर्ब हुने गरेकी बताइन् । पार्टीका नेताहरुले काउन्टडाउन सुरु गरेको बताइन् । आफूले संचारमाध्यमबाट जानकारी वातावरण नबनाउनु होला भनेको उनले बताइन् ।

त्यसैगरी पर्यटन मन्त्री प्रेम आलेले पहिले नै राजिनामा दिएका छन् । उनले आफू ९० प्रतिशत सफल भएको दाबी समेत गरे । उनले काम गर्नेबेला नचाहेर पनि गाली गर्ने परिस्थिति सिर्जना भएको समेत बताए ।

एकीकृत समाजवादी पार्टीले २२ जेठमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal