आज :

प्रचण्डले ट्वीटरमा फलो गरेका ८ जनाको नाम थाहा पाएर पार्टीका नेता कार्यकर्ता चकित, छोरीहरु दंग

  • अनलाइन डबली

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् ।

उनले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् । उनले छोरीहरू रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् ।

यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।

ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको घोषणा गरेकी छिन् ।

मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको जानकारी दिइन् ।

माडवारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन्। उनले माडवारी सेवा केन्द्र नारायणगढले राखेको मागप्रति सकारात्मक रहेको पनि बताइन् ।

‘बजारलाई व्यवस्थित गर्न फुटपाथ, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ, ‘उनले भनिन् ,‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ती सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सि–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदै छ ।’

केन्द्रले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्ने लगायतको माग राखेको थियो ।

मेयर दाहालले संघीय सरकारले नागरिकता विधेयक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गरिन् ।

भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तिलाई ठूलो उपलब्धीको रुपमा लिएको उनले बताइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal