आज :

दोलखामा निर्माणाधीन पुल भत्कियो, प्राविधिक गडबडी देखेर रोकिएको थियो काम

  • अनलाइन डबली

काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा बन्दै गरेको पुलको टेका र फर्मा भत्किएको छ । यो पुलले विगु गाउँपालिकाको वार्ड नं ४ लाई ५, ६, ७ र ८ वडासँग जोड्थ्यो ।

पुल ढलान गर्ने तयारी अनुसार टेका लगाएर फर्मा राखिएको थियो । त्यहाँ छड बाँध्ने तयारी भइरहेको थियो । शनिबार ठाडो खोलामा आएको बाढीले भत्काइदिएको छ । तर प्राविधिक रुपमा गडबडीको शंका लागेपछि गाउँपालिकाले जेठ मसान्तमै काम रोक्न ठेकदारलाई निर्देशन दिएको थियो ।

विगु गाउँपालिकाका प्राविधिक शाखा प्रमुख एवम् सबइन्जिनियर सरोज खड्काले भने, ‘हामीलाई प्राविधिक गडबडी छ भन्ने शंका पहिल्यै थियो, त्यसैले काम रोक्नुस् भनेका थियौं । अहिले सानो पानीले नै क्षति पुग्यो ।’ टेको लगाउनुभन्दा अगाडि नै लेभल डाउन भएको देखेपछि काम रोक्न भनेको सबइन्जिनियर खड्काले बताए ।

३ करोड ४७ लाख लागत इस्टिमेट गरिएको यो पुल २ करोड १६ लाख रुपैयाँमा त्रिवेणी वानियाँ लाफा जेभीले ठेक्का सकारेर काम गर्दै आएको थियो । यो पुलमा सिंगटी हाइड्रोपावरको ८० प्रतिशत र बिगु गाउँपालिकाले २० प्रतिशत लगानी गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal