
काठमाडौं । दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् ।
सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।
३० वर्षीया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि थिइन् ।
हेर्नुहोस उनको स्टाटस
नमस्कार सबै जनामा रसबैलाई मिठाे सम्झना छ याे जिन्दगिकाे उटाप चाराप धेरै भाेगे तर जब म जान्नि भए अनि म यक्लाे भए र कसैकाे माया पाउन जति काेसिस गरे पनि पाउन सकिन तर पनि हार खाईन ।
तर एैले धेरै गाराे भयाे म बाचेर पनि दिन्दिनै मर्न सकिन आमा तिम्रि छाेरि धेरै थाकि छे जिन्दगिकाे माेर धेरै अप्ठेरा आए पार पनि गरे मैले गरे जसणताे लाग्दैन जाेस्लाई राम्राे गर्छु भनेपनि भयन म काजाउ आमा दुख पाेख्न माई त औ भनी तिम्लाई थाछ सबै कुरा भित्र भित्रै माेरेर बाचेछु ।
आमा म नभएर केभाे त ४ बैनि छाेरि अरस छन मन बुजाउनु नरुनु आमा छाेरा तिमी लाई धेरै पढाउनि मन र ठुलाे मान्छे बनाउनि मन थ्याे छाेरा सकिन । तिमी जसरी भयपनि ठुलाे मान्छे बन्नु है।
म नभए त पनि मेराे आशिर्वाद सधै तिमी शीत हुनि छ बैनि हर्ष आमलाई गालि नगर्नु आमा बाच्दासम्म मेराे कमि हुन नदिनु मेराे गित जहाँ छ जति छ बजार मा ल्याईदिनु जस्ले भय पनि र म थाके धेरै थाके अब म बाच्न सक्दिन याे दुनियाँ धेरै सवर्थि छ र म आफ्नो इछ्याले याे कदम उचालेकि छु र काेसैलाई दाेस छैन ।
काेसैले खाेजि नीति पनि नगर्नु र मलाई पोष्टमार्टम पनि नगर्नु म शीत पैसा छैन म शीत थाेरै सुन छ त्याे सुन बेचेर पैसा मेराे छाेरालाई दिनु घरबेटि हरुलाई काेसैले केई नगर्नु र अरसलाई पनि काेसै लाई केई नगर्नु।
मेराे लास जसरि हुन्छ घर सम्म पराई दिनु अपठेराे मा मेराे छाेरालाई हेर्दिन छाेरा चिन्ता नगर्नु है यहि सम्झिनु मेराे आमा सानैमा माेरेकाे हाे भनेर मन बुजाउनु सबैले मलाई कायर भन्नू हुन्छ हाेला र मलाई बाच्न अति गाराे भयाे कति बेला के हुन्छ थाछैन मेराे जिबन र