आज :

संघीय राजधानी काठमाडौँमा घट्यो यस्तो डरलाग्दो घटना, एक जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । संघीय राजधानी काठमाडौंको कलंकीमा एक जना महिलाको ह’त्या भएको छ।

शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर ह’त्या भएको हो।

कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको हो। टाउकोमा ढुंगा प्रहार हुँदा उनलाई नेपाल नेशनल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ह’त्या आरोपमा एक जना पुरूषलाई पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै उता पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु छ ।

पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएङ्को छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाइते भएका छन् । मृतक र घाइते श्रीमान् श्रीमती भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए ।

दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय वासिन्दाले बिहान ९ बजेदेखि १ बजेसम्म ढकेरीमा प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

मृतकका परिवारसँग आइतबार छलफल गर्ने सहमतपछि करिब चार घण्टापछि सडक सञ्चालन गरिएको छ । प्रहरीले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal