आज :

काठमाडौंमा ठूलो पानी परिरहेका बेला मौसम विभागले दियो यस्तो चेतावनी, हेर्नुहोस् बिस्तृतमा

  • अनलाइन डबली

काठमाडौं  । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका तीनै जिल्लामा भारी वर्षा भइरहेको हो।

भारी वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गए रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेको छ।

विभागका अनुसार बागमती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरामा पानीको सतह बढिरहेको छ । यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउनसमेत विभागले चेतावनी दिएको छ ।

‘हाल देशका प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ,’ महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको छ।’

हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको महाशाखाले जनाएको छ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal