आज :

वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा, परिचालन गरियो यस्तो टोली

  • अनलाइन डबली

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भेटिएको ‘बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ ।

बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।

बर्डफ्लु देखिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्राविधिक समितिको बैठकले नियन्त्रणका लागि आवश्यक तयारी थालिएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्वमा हरिडिल भूमि मावि जाने बाटो, पश्चिममा राना टोलको पिच बाटो, उत्तरमा जुम्ला रोड र दक्षिणमा राना टोलको ग्राभेल बाटो भित्रको एरियालाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरिएको छ । बर्डफ्लु भेटिएको फर्ममा एक हजार ५ सय टर्की रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी रिजालले पंक्षी तथा पंक्षीजन्य व्यवसायबाट संलग्न व्यवसायी तथा आम उपभोक्ताले सतर्कता अपनाई व्यापार, व्यवसाय सञ्चालन गर्न तथा उपभोग गर्न अनुरोध गरेका छन् । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal