आज :

चाबहिलको मन्दिरमा विवाह गर्न बोलाएर….., घटनाबारे थाहा पाएर प्रहरी समेत हैरान

  • अनलाइन डबली

काठमाडौँ । विदेशबाट फर्केकी २४ वर्षीया रमिला (नाम परिवर्तन) काठमाडौंको चुच्चेपाटीमा बस्छिन् । १५ दिनसम्म सामाजिक संजाल ‘इमो’ मार्फत सम्पर्कमा आएका एकजना युवकसँग उनले च्याट गरिन् । नम्बर साटासाट गरिन् ।

फोनमा उनीहरु विवाह गरेर घरजम गर्न सहमत भए । कुरा हुन थालेको १६ औं दिनमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका विश्व तामाङ उर्फ आशिषले रमिलालाई फोन गरेर भने, ‘आज चाबहिल चोकमा भेटौँ, मन्दिरमा विवाह गरौं ।’

जेठ २९ मा रमिला पहिलोपटक विश्व तामाङलाई भेट्न गइन् । विदेशबाट कमाएर ल्याएको १ लाख नगद साथमा बोकिन् । विदेशमा कमाएर सुनको सिक्री र मुन्द्रा जोडेकी थिइन् ।

काभ्रेको बनेपामा डेरा गरेर बस्ने विश्व तामाङ आफूलाई ‘भोटे’ उपनामले चिनाउँथे । जग्गाको कारोबार गर्ने उनले रमिलासँग ‘केटीएम तामाङ’को नामबाट इमोमा कुराकानी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

विवाह गरेर घरजम गर्ने सपना सम्हालेर चावहिल चोकमा आएकी रमिलालाई विश्वले ट्याक्सीमा चढाए, भोटेबहालमा लगे । भोटेबहालमा रहेको ‘होली क्यासल’ गेष्ट हाउसको कोठा नम्बर ३०१ मा लगेर आफूलाई विश्वले बलात्कार गरेको रमिलाले प्रहरीलाई बताएकी छिन् ।

बलात्कृत युवती रुन र चिच्याउन थालिन् । विश्वले साँझपख भोटेबहाल चोकमा लगेर केहीबेर घुमाए । अनि, फेरि होटलमा ल्याए । ४ बजेतिर समोसा र जुस खुवाएको रमिला थाहा पाउँछिन्, त्यसपछि उनी बेहोस भइन् ।

जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको अनुसन्धानबाट थाहा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘नशा लागेर पीडित बेहोस भएपछि आरोपी लुटेर भागेको देखिन्छ ।’

रमिलालाई नशा लागेपछि विश्वले उनको साथमा भएको १ लाख नगद, सिक्री र ५ जोर मुन्द्रा लुटेर हिँडे । पीडितले प्रहरीलाई बताए अनुसार विश्वले करिब २ तोला सुन लुटेका छन् । पैसा लुटेको कुरा विश्वले प्रहरीसँग अस्वीकार गरेका छन् ।

असार ५ मा आरोपीलाई बल्खुबाट पक्राउ गरेर प्रहरी वृत कालिमाटीले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको एसपी मैनालीले जानकारी दिए । होस खुलेपछि बलात्कृत युवती प्रहरी वृत्त गौशालामा गएकी थिइन् । घटनास्थल आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै गौशाला प्रहरीले उनको निवेदन कालिमाटीमा पठाएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार पूर्व योजना अनुसार आरोपीले गेष्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोबाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि पीडितको मोवाइल समेत लिएर उनी भागेको एसपी मैनालीले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal