
काठमाडौँ । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिकाबीच छुट गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र वाटिकाबीच भएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले होटलमा बस्न र खानलाई विशेष छुट पाउने भएका छन् ।
सम्झौतामा बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि मणिग्राम विश्राम वाटिकाद्वारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । होटलमा बस्न र खाना खानमा पाइने छुटेले सेवाग्राहीलाई केही राहत पुग्ने बैंकले विश्वास लिएको छ ।