आज :

फेरि पनि जनताको सेवामा खटिरहनेछुः शाही

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का युवा नेता डम्वर बहादुर शाहीले पदमा नरहेपनि जनताको सेवामा लागिरहने बताएका छन् । त्यसअघि २०७४ साल पनि सोही गाउँपालिकाबाट निर्वाचित भएका थिए ।

पहिलो कार्यकालका केही कामहरु अधुरा रहेका र अनुभवसहित नयाँ योजना लागु गर्न दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको शाहीले बताए । संघीय संरचना, प्रदेश र स्थानीय तहका नीति नबन्नु, कोरोना भाइरस महामारीका कारण पहिलो कार्यकालमा भनेजस्तो काम गर्न नसकेपनि आफूले रातदिन जनताको सेवामा खटेर सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी काम गरेको बताए । “संघीय संरचनापछिको पहिलो कार्यकाल भएकोले प्रदेश र स्थानीय तहका नीति नबनेका, कोरोना महामारी र अनुभव कमीबीच पनि हामीले जनताले अनुभूत गर्ने गरी काम गरेका छौं । आधार तयार बनाइदिएको छु, नयाँ साथीहरुलाई सजिलो हुन्छ । फेरि पनि पनि जनताको सेवा खटिरहनेछु” शाहीले भने ।

कोरोना महामारीका बीचमा शाहीले पालिकाका ९ वटै वडाहरुमा सडक संजाल विस्तार, गाउँपालिकाको आफ्नै भवन, कोभिड–१९ अस्पताल निर्माण गरी विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान, चारवटा बर्थिङ सेन्टर सुरुवात, विद्यालयका भवन, खेल मैदान, आधुनिक चुलो वितरण, सिँचाई निर्माण, खानेपानीको व्यवस्थालगायतका कामहरु गरेको शाहीले बताए ।

पहिलो कार्यकालमा बाँकी रहेका कार्यहरु पार्टीको अन्य जिम्मेवारीमा रहेर पनि संघ, प्रदेश र पालिकासँग समन्वय गरी जनताका कामहरु गर्ने प्रतिवद्धता समेत जाहेर गरे । उनले आफूलाई विश्वास गर्ने जनतालाई विशेष धन्यवाद समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal