आज :

राष्ट्रिय स्वाधिनतापछि मात्रै किसानको मुक्तिः महरा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनतापछि मात्रै किसानको पूर्ण मुक्ति हुने बताएका छन् । सोमबार संवाद डबलीमा ४५ औं जुगेडी किसान संघर्ष, ३१ औं किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले विदेशी हस्तक्षेप रहेसम्म किसानको मुक्ति नहुने बताए ।

प्रवक्ता महराले एमसीसी सम्झौतापछि विदेशी चलखेल बढेको बताउँदै एसपीपी अहिले स्थगित भएपनि विरोध सेलाएपछि सम्झौता भित्रभित्रै गर्ने हुन कि भन्ने शंका कायमै रहेको बताए । “एसपीपी सम्झौताको सत्ता गठबन्धनमै विरोध भयो, सरकारले पनि गर्दनौं भन्यो, प्रतिपक्षले पनि विरोध जनायो, संसद बाहिर रहेको राजनीतिक दलहरुले पनि विरोध जनाए र सम्पूर्ण देशभक्त नेपालीको विरोधका कारण रोकिएको छ । तर, मलाई शंका छ, विरोध सेलाउँदै गएपछि भित्रभित्रै फेरि सम्झौता त गर्ने होइनन् ?” महराले भने । देश साम्राज्यवादी कित्तामा जाने हो कि भन्ने चिन्ता र शंका कायमै रहेको बताउँदै सबै सतर्क हुनुपर्ने महराले धारणा राखे ।

विदेशी हस्तक्षेप रहेसम्म किसानको मुक्ति सम्भव नभएको बताउँदै महराले भने, “राष्ट्रिय स्वाधिनताको आन्दोलनपछि मात्र किसान मुक्ति सम्भव छ, त्यसैले सम्पूर्ण किसानहरु मुक्ति आन्दोलनमा प्रतिवद्ध हुनुपर्छ ।” अवस्था गम्भीर भएपनि निरास हुनेभन्दा साम्राज्यवादी हस्तक्षेप र सामन्तवादी उत्पीडनविरुद्ध किसान एक जुट हुुनुपर्ने बताए । किसानको समर्थन र सहभागीताकै कारण जनयुद्धबाट अहिलेको परिवर्तन प्राप्त भएको बताए ।

सरकारले ल्याएको सैद्धान्तिक रुपमा राम्रो भएको बताउँदै किसानलाई आत्मनिर्भर बनाउन सरकारले उत्पादनमा जोड दिनुपर्नेमा महराले जोड दिए । बजेट कार्यान्वयनमा बजारीकरण भन्दा उत्पादनमा जोड दिनुपर्ने बताए । पहिला उत्पादन त्यसपछि मात्रै बजारीकरण हुने बताए । एक अर्को प्रसंगमा महराले आफू सभामुख भएको बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोहियानी हक र मल कारखाना खोल्न सुझाव दिएको बताए । ओलीले केही गर्न खोजेजस्तो देखिएपनि त्यो नभएको बताए ।

कार्यक्रममा किसान नेता हिरालाल महर्जन, माओवादी केन्द्रका केन्द्रीय सदस्य रणेन्द्र बराली, माओवादी केन्द्रीय सदस्य सुनिल मानन्धरले पनि राष्ट्रिय स्वाधिनतापछि मात्रै किसानले हक अधिकार प्राप्त गर्ने धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता चित्रबहादुर श्रेष्ठले गरेको थिए भने संचालन संगठन विभाग प्रमुख नहेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal