आज :

अर्गानिक अभियान्ता दिपकलाई हुम्लाले चिनेन तर विश्वले चिनेको छ : साँसद शाही

  • अनलाइन डबली

ललितपुर । संघिय साँसद रंगमती शाहीले आइडीय च्याम्पीयन तथा अर्गानिक अभियान्ता दिपक बुढालाई हुम्लाले नचिने पनि विश्वले चिनिसकेको र अर्गानिक उत्पादनको महत्व समाजमा जबर्जस्त बढ्दै गएको बताएकी छन् । शुक्रबार ललितपुरको सातदोबाटो स्थित अर्गानिक जोन रोष्टुरेण्टमा सांसद शाहीले सो बताएकी हुन् ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एकमात्रै जिल्ला हुम्ला त्यो पनि निकै विकटबाट अर्गानिक उत्पादन ल्याएर काठमाडौंमा ल्याएर महत्व बढाउने अर्गानिक अभियान्ता बुढाको कार्यको शाहीले खुलेर प्रशंसा गरिन् । संसद शाहीले अहिलेको उपभोक्ताबादी समाजमा निकै महाँगो र कठिनाइकाबीच अर्गानिक सामान काठमाडौंमा ल्याएर बिक्री गर्नु चुनौतिपूर्ण कार्य एक्लै थालनी गरेकोमा गौरवको विषय भएको बताईन । ‘दीपक सरले अर्गानिक उत्पादनलार्ई देउडा मार्फत् कर्णाली र कर्णालीको संस्कृतिलाई विश्व सामु चिनाउने आर्को कठिन कार्यपनि जोड्नु अनुकरणिय कार्य हो, जनु राज्यले नै गर्नपर्ने विषय हो’ शाहीले अगाडी भनिन् ।

चिनो कागुनो, मास, गहत, फापर सबै हुन्छ सबैले भन्ने गरे पनि यसलाई व्यवहारमा ल्याउने काम अभियान्ता बुढाले गरेको बताउँदै उनले भनिन्,“मैले तपाईलाई नजिकबाट हेरेकी छु, तपाईलाई हुम्लाले चिनेन विश्वले चिनेको छ । म सदनमा जनताका पीडाहरूलाई बोल्ने गर्छु,मैले तपाईलाई पैसा सहयोग गर्न नसकेपनि बोलीले अवश्य सहयोग गर्नेछु । कहाँ बोलेर हुन्छ यो अर्गानिक र देउडा साँस्कृतिक अभियानलाई अबश्य सहयोग गर्नेछु । म पनि देउडा पारखी भएकाले अहिले पनि मलाई देउडा खेल्न रहरलाग्छ । स्वर नभएपनि गीत गाउन आउँछ । कर्णालीका गाउँमा लुकेर रहेका कला र गलालाई यसरी नै ठाउँ दिनु होला ।”

त्यसै गरी तान्त्रिक हिलर तथा तितेपाती विशेषज्ञ उत्तम बज्रचार्यले देउडा अर्गानिक साँझको कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै सो कार्यक्रममा पश्चिम नेपालको प्रकृति र संस्कृति झल्कने कार्यक्रम नितान्त मौलिक र नौलो लागेको अनुभूति व्यक्त गरे ।
उनले पश्चिमका साँसद,कलाकार, कलाको प्रस्तुति र खानपिन पहिलोचोटि देख्न र खान पाउँदा बल्ल आज आफू नेपालमा रहेको अनुभूति भएको बताए । २०२८ सालको महेन्द्रको शिक्षाको कारण राजतन्त्रको अन्त्य भएको भन्दै उनले यहाँ सबै कुरा विदेशी भएको बताए । ‘पहिलो कुरा त शिक्षा विदेशी, धर्म,संस्कार विदेशी, मल विदेशी, बीउ विदेशी, राजनीति विदेशी, खानपान विदेशी । यस्तो विदेशीको विगविगी भएको बेला दिपक सरले जुन अर्गानिक अभियानलाई देउडासँस्कृतिसँग जोड्नु भएको छ, यो साँच्चिकै नेपालको लागि नमूना कार्यक्रम हुनेछ ।’ बज्राचार्यले अगाडी भने ।

आफूले तितेपातीको काम गर्दा समाज,सरकार मात्रै नभएर घरका परिवारले समेत विश्वास नगरेको दृष्टान्त स्मरण गर्दै भने, “निरन्तर लागि रह्यो भने अवश्य सफल भइने रहेछ , अहिले नेपालमा तितेपातीको विशेषज्ञको रूपमा चिनिन पाउँदा आफूलाई गर्वमात्र नभै परिवार र समाजले माया गरेको छ । दिपक सरले पनि जतिसुकै अफ्ठ्यारो भए पनि यो अभियानलाई नछोड्नु होला । मेरो हरेक प्रकारको साथ र सहयोग रहनेछ । अहिले विश्वमा मेडिकल माफियाहरूले औषधीको बिक्रीको लागि बीउ, मल, खाद्यान्न सबैमा औषधी अनिवार्य बनाएका छन् । यसलाई रोक्ने एउटै माध्यम हो अर्गानिक अभियान । हामीले जति दुख गरे पनि सिस्टम बनाउनु पर्छ । यसको लागि सदनमा सिस्टमको लागि माननीय साँसद ज्यूले पहल गर्नु हुनेछ भन्ने आशा गरेको छु ।”

हुम्ला क्षेत्र न.‘क’ नेपाली काँग्रेस सभापति मानदेव शाहीले हुम्लाको उत्पादन र संस्कृति जोगाउने कार्यको थालनी गरेकोमा अभियान्ता बुढालाई धन्यबाद दिए । ‘हुम्लामा जन्मेर काठमाडौमा आएर कर्णालीका अर्गानिक उत्पादन बेच्नेमात्र नभै कर्णालीको मूल सँस्कृति देउडा लाई माध्यम बनाएर ठूलो गुण लगाएको हुनाले देउडा अर्गानिक साँझका परिकल्पनाकार दिपक ब बुढालाई धन्यवाद दिन चाहन्छु ।’ शाहीले थपे ।
शाहीले सबैले यो कार्यमा हातेमालो गर्नु पर्ने बताउँदै भने, ‘आजकल हाम्रो गाउँघरमा किसानहरू अल्छी भएका छन् । धान,लगहुँ, चिनो, कोदो र फापर हिजोको तुलनामा निकै कम उत्पादन गर्छन् । बाहिरको चामलको कारण जग्गा बाँझा भएका छन् । हामीले त्यति धेरै महत्व नदिएका, सामान्य मानेका स्थानीय अर्षानिक उत्पादनलाई महत्व दिएर हामीलाई मार्सीलचामलको खिरको सगुन खुवाउनुभयो, अर्गानिक खाने र अरूलाई खुवाउन लगाउने सफथ खुवाउनु भयो यसले हाम्रा गाउमामा उत्पादन गर्नसहयोग पुग्नेछ । मैले पनि मेरो तर्फबाट कति सकिन्छ अवश्य गर्नेछु ।’

कार्यक्रमको समापनमा देउडा अर्गानिक साँझका परिकल्पनाकार दिपक बहादुर बुढाले आइडिया बैक र देउडा अर्गानिक साँझको स्थापनाको औचित्य प्रष्ट पार्दै भने“यहाँ जसरी जग्गा धितो राखेर बैकबाट लोन लिने चलन छ तर नवीन आइडिया हुनको आइडिया धितो राखेर लोन लिने चलन छैन । एकातिर वेरोजगार युवाहरू भौतारिएका, अर्काेतिर उचित आइडिया नपाएर बिजनेशमेनहरू पनि लगानी विदेशमा गरिरहेका छन् ।”


बुढाले नवीन आइडिया हुनेहरू आफ्नो आइडियालाई प्रयोग गर्न नपाएको बरू चोरी भएको तितो यथार्थ उजागर गरे । यो अवस्थामा नवीन आइडिया भएका युवाहरूको आइडियालाई आइडया बैकले लिने, त्योआइडिया बिजनेशमेनसँग छलफल गरि निश्चित मूल्यमा खरिद बिक्री गर्न सकिने बताए । बुढाले संसारमै नफल्ने अर्गानिक चिज कर्णालीमा फल्ने,संसारमै नगाइने देउडा कर्णालीमा गाउने तर यसको महत्व विश्वले बुझ्न नपाएकोले कर्णालीको प्रकृति र यसमा फल्ने अर्गानिक उत्पादनलाई विश्वमाझ पुगाउने माध्यम कर्णालीको जेठो संस्कृति देउडालाई रोजेको बताए ।
कार्यक्रममा जनवादी कलाकार सुनिता वडुवाल, गायक प्रमोद शाहको बेजोड देउडा दोहोरी प्रस्तुत भएको थियो । अतिथिहरूलाई खादा नलगाई स्वागत स्वरूप कर्णालीको संस्कार दूबो र दही चामल लगाउँदै, मार्सीको खिर सगुन स्वरूप खुवाउँदै अतिथि लगायत सबैलाई कार्यक्रमका अध्यक्ष दिपक बहादुर बुढाले आजदेखि अर्गानिक खानेछु, अरूला पनि खान प्रोत्साहन गर्नेछु, मेरा बाँझा जमिनमा अर्गानिक फलाउनेछु र अरूलाई पनि अर्गानिक फलाउन सघाउनेछु भनेर सफत खुवाएर मात्र सगुन खुवाए ।

नेपाललाई स्वीट्जरल्यान्ड होइन स्वर्गल्याण्ड बनाउनु पर्छ भन्ने मूल नारा लिएर स्थापना गरिएको, आईडिया बैक नेपालद्वारा सञ्चालित तथा अर्गानिक जोन रेष्टुरेन्ट द्वारा प्रयोजित कार्यक्रम देउडा अर्गानिक साँझको १८ औं श्रृङखला आइडिया बैक नेपालका अध्यक्ष तथा यो कार्यक्रमका परिकल्पनाकार दिपक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । संघीय साँसद रंगमति शाही प्रमुख आतिथ्यता, तितेपाती विशेषज्ञ उत्तम कुमार बज्रचार्यको विशेष आतिथ्यता र रत्नकमल विष्टको सञ्चालनमा अर्गानिक जोन सातदोबाटोमा सम्पन्न भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal