आज :

जसपा विभाजनको डिलमा, बाबुरामको नेतृत्वमा नयाँ पार्टीको तयारी

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ । अध्यक्ष उपेन्द्र र परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको अन्तरविरोध विभाजनको डिलमा पुगेर रोकिएको छ । अध्यक्ष यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराईले अर्को समूह बनाएका थिए ।

भट्टराई पक्षले केही समयदेखि अलगै गुटको छलफल तथा भेला गर्दै आएको यादव पक्षले आरोप लगाएको छ । भट्टराई पक्षले यादवलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति लिएको बताइएको छ ।

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् ।

भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहका अनुसार पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने भन्ने निर्णय गर्ने अधिकार यादवकै हातमा रहेको छ । यादव एक कदम पछि हटे पार्टी विभाजन हुनबाट रोकिने उनले बताए ।

भट्टराई पक्षले पार्टी नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहेको तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा रहेको सिंहले बताएको आजका पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन्।

उता यादवले भने भट्टराई पार्टीको अनुशासन विरुद्ध लागेर गुट निर्माण गरेको बताउँदै आएका छन्। यादवले भट्टराई पक्षका मागलाई नाजायज भएको बता‍उँदै आएको छ । भट्टराई विभाजनको दिशातिर अघि बढेपछि यादवले महन्थ ठाकुरदेखि प्रचण्डलाई भेटेर सहकार्यको लागि हाल फैलाइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal