आज :

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो ।

तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको विचौलिया राखेको भन्दै त्यो गम्भिर विषयमा छानविन गर्नुपर्ने बताए ।

त्यसक्रममा उनले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भएपनि त्यसो नगरिए पनि समिति गठन गर्न नमानिएकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal