आज :

त्रिभुवन विमानस्थलमा काल्पनिक जहाज दुर्घटना, एम्बुलेन्स र दमकल बोलाइयो, त्यसपछि उद्धार…

  • अनलाइन डबली

काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरियो । विमानस्थल परिसरबाट धुँवाको मुस्लो उठ्यो । त्रिभुवन विमानस्थल परिसरमा रहेको सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरु उद्धारमा जुटे ।

शहरमा रहेका अन्य स्थानबाट पनि एम्बुलेन्स र दमकल बोलाइयो । त्यसपछि उद्धारको काम सुरु भयो । यो दृष्य बुधबार जहाज दुर्घटनाको काल्पनिक घटना थियो ।

दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको हो । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अभ्यासका क्रममा नमुना विमानमा आगो लगाउनका साथै घाइतेहरूको उद्धारको अभ्यास समेत गरिएको थियो । यस अभ्यासमा सुरक्षाकर्मी, अग्नि नियन्त्रकहरू एम्बुलेन्स र दमकलसहित सहभागी भएका थिए ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal