आज :

काठमाडौंको गेस्ट हाउसमा घट्यो यस्तो दर्दनाक घटना, ४ जना पक्राउ, नामलिस्टसहित

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको बौद्धमा दर्दनाक घटना घटेको छ । बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीलाई ३ जनाले सामुहिक बला’त्कार गरेका छन् ।

घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् ।

लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आरोपीहरुमाथी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए । आरोपीहरुले जेठ २९ मा मध्यराति होटलमा लगेर युवतीलाई पालैपालो बला’त्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

उता बारामा एक किशोरीलाई सामूहिक बला’त्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बला’त्कार गरेका थिए ।

बला’त्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् ।

राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं. प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए ।

पीडित किशोरीकी आमाका अनुसार तीन महिनाअघि बलात्कार भए पनि आरोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको कुकर्मबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् ।

तर महिनावारी (रजस्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरूलाई भेटेर आफू गर्भवती भएको बताएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महतोकोमा लगेर गर्भपतन गराएको बताइएको छ ।

त्यस्तै महोत्तरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको हो ।

जितेन्द्रले ती किशोरीलाई करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal