
काठमाडौँ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ।
भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिएकी छिन।
संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त) को सांसद रहेको बेला देउवा नेतृत्वको सरकारमा उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।
२०२२ साल चैत ७ गते धनुषा जिल्लाको जनकपुर न.पा.–८ जन्म भए पनि भारतको बिहारमा जन्मे-हुर्केकी मिथिला २०४० सालमा बिहेपछि नेपालको राजनीतिमा सक्रिय भएकी हुन्।
बिहे भएको एक वर्षभित्रै अर्थात् २०४१ देखि उनी राजनीतिमा लागिन्। उनका पति नेकपा संयुक्तमा आबद्ध थिए। बिहे अघिसम्म राजनीतिबारे नसोचेकी मिथिला पारिवारिक वातावरणमै प्रजातान्त्रिक आन्दोलनको हिस्सा बन्न पुगिन्।
प्रजातन्त्रका लागि जारी संघर्षमा उनले पतिको साथ लागेर आन्दोलन गरिन्। श्रीमान् जेल पर्दा सडकको मोर्चा सम्हालिन्। चौधरीका श्रीमान् पार्टीका पोलिटब्युरो सदस्य छन्। उनी कानुन व्यवसायी पनि हुन्।