आज :

देउवा सरकारले गर्यो जनता रुवाउने निर्णय, राति १२ बजेदेखि लागू

  • अनलाइन डबली

काठमाडौँ । देउवा सरकारले नेपाली जनतालाई मारमा पार्ने निर्णय निरन्तर गरिरहेको छ । देउवा सरकारको निर्देशमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

यसैबीच पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पनि पुनः वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३.७ प्रतिशतसम्म बढाएको हो।

यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो। नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको थियो।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको भन्दै विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाएको हो। विभागका अनुसार बढेको भाडा जेठ ११ गतेबाटै लागू हुनेछ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal