आज :

एमाले सचिवालय बैठक जेठ ३० मा बस्ने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जेठ ३० गते बस्ने भएको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न ३० गते बैठक बस्ने तयारी भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘२९ गते कार्यालयको बैठक बस्छ । उक्त बैठकले मिति घोषणा गर्छ । तर अहिलेसम्म ३० गतेलाई नै बैठक बोलाउने तयारी भइरहेको छ’, उपमहासचिव रिमालको भनाइ छ । नेता रिमालका अनुसार केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका अन्य एजेण्डा पनि तय गर्नेछ ।

उपमहासचिव रिमाल नेतृत्वको एमाले निर्वाचन विभागले स्थानीय निर्वाचनसम्बन्धी प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको छ । सोही प्रतिवेदनमाथि केन्द्रीत रहेर सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

सो बैठकमा निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।

नेता केशव बडाल नेतृत्वको अनुशासन कमिटीले भुसालमाथि कारवाहीको सिफारिस गरेको छ । भुसालमाथिको कारवाही सिफारिसको विषयलाई लिएर एमालेका केही नेताहरुमा असन्तुष्टि छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal