आज :

एएफसी एसियन कप- जोर्डन र नेपाल भिड्दै

  • अनलाइन डबली

काठमाडौँ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताएका छन् । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएको छ ।

पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण नेपाली टिममा अनुभवी ११ खेलाडी रहेका छैनन् । कप्तान किरण कुमार लिम्बू, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्ति मगर लगायत खेलाडी टिम बाहिर छन् । युवा खेलाडीले जोर्डनविरुद्ध प्रमाणित गर्ने अवसर रहेको प्रशिक्षक अल्मुताईरीले बताएका छन् ।

‘हामीलाई घेरै दबाब छैन । किनभने हाम्रो समूहमा हामी पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । आज खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ । हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् र के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौुं, अल्मुताईरीले भने ।

उनले अगाडि थपे, ‘हामीले जोर्डनलाई रोक्न सक्यौं भने कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं । हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ जना नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ । समूहमा जोर्डन निर्णायक टोली हो । हामी उनीहरुसँग राम्रो नतिजाका लागि प्रतिस्पर्धा गर्नेछौं । हामी पनि छनोटमा कठिन टिम बन्न चाहन्छौं । जोर्डनको प्रतियोगितामा छनोट हुने धेरै सम्भावना छ । दोस्रो स्थानमा कुवेत र इन्डोनेसियाको सम्भावना छ ।’ जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal