आज :

विनोद शाही मृत्यु प्रकरणः पाँच जनालाई प्रहरीले समात्यो, बाँकीलाई पनि खोज्दै प्रहरी

  • अनलाइन डबली

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको ह’त्यामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई गिरफतार गरेको छ । प्रहरीका अनुसार सोही वडाका सुरत शाही, देबेन्द्र शाही, राम शाही, मिलन र महेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरु सबैलाई विनोदलाई भीरबाट खसाले मारेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले न्यायको लागि माग गर्दै दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् ।

परिवारको किटानी जाहेर दर्ता नगरेर प्रहरीले दोषीलाई बचाउन खोजेको आरोप लागिरहेको बेला पाँच जना नियन्त्रणमा आएका हुन् । घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

विनोद घटना सडकदेखि संसदसम्म पुगेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले दोषीलाई कानुनी दायारामा ल्याउन माग गरेका छन् ।

गत बैशाख ३० गते स्थानीय चुनावको मतदान भइरहेको बेला नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको विवाद बढ्दै गएपछि घटना भएको हो । काँग्रेस कार्यकर्ताहरुले चुनावमा फर्जी मत हालेको भन्दै भन्दै एमाले कार्यकर्ताहरुले विरोध जनाएपछि कुटाकुटको अवस्था सिर्जना भएको थियो ।

दुबै पक्षबीच मतदानलाई सूचारु गर्ने सहमति भएको थियो । चुनावमा नेपाली काँग्रेसले जितेपछि उक्त विवाद फेरि सुरु भएको थियो । काँग्रेस र एमाले कार्यकर्ताबीच पुनः विवाद बढेपछि जेठ १७ गते मध्यराति प्रहरी गाउँमा पसेर वृद्धावृद्ध र महिला-बालबालिकालाई लछारपछार गरेको थियो ।

त्यही रातबाट विनाेद हराएका थिए । परिवारले खोजीकाे लागि प्रहरीलाई खबर गरेका थिए । जेठ २१ गते घरबाट करिब ५ सय मिटर टाढा पञ्चदेल क्याम्पसको भीरमा विनोदको शव भेटिएको थियो ।

अहिले पनि शव परिवारले बुझेका छैनन् । मुचुल्का उठाएपनि शवको पाेष्टमार्टम समेत हुन सकेको छैन । परिवारले दोषीलाई कारवाहीको माग गर्दै विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

यसैबीच परिवार र आफन्तले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघर्षका कार्यक्रम गर्दैछन् । आज दिउँसो १ बजे संवाद डबलीमा पत्रकार सम्मेनको आयोजना गरेर ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शनसम्म चरणवद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal