आज :

घरको चार तलामाथिबाट खसेर घाइते भएकी संज्ञाकाे कस्ताे छ अवस्था ? डाक्टरले दिए यस्ताे जानकारी

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खसेर गम्भीर घाइते भएकी छन् ।काठमाडौंको बनस्थलीस्थित आफ्नै घरको चौथो तलाबाट सोमबार बिहान लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् ।

पारिवारिक स्रोतका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेकी संज्ञा खतरामुक्त भइसकेकी छैनन् । संज्ञाको आइसीयूमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

घटना लगत्तै सुरुमा संज्ञालाई सोमबार बिहान मनमोहन अस्पताल लगिएको थियो । ट्रमा सेन्टर ल्याइपुर्याउदा पनि बेहोस अवस्थामै रहेकी संज्ञका घाँटीको नशा खोलेर औषधि दिएको अस्पतालले जनाएको छ । उनको हातको नसाबाट औषधि दिन नमिलेको थिएन ।

संज्ञाका मुखको दाँतका सबै हर्डीहरु र कम्मर, हातखुट्टाका हड्डीहरु भाँचिएका छन् । शरीरका धेरै ठाउँमा चोट लाग्नुको साथै हड्डीहरु बाँचिएका छन् । संज्ञा अहिले होस आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal