आज :

भारतीय तीर्थयात्री सवार बस दुर्घटना, २६ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।

एनडीआरएफको टोलीले उद्धार कार्य जारी राखेको छ । उत्तराखण्डका मुख्यमन्त्रीले प्रकोप नियन्त्रण कक्षबाट उद्धार कार्यको निगरानी गरिरहेका छन्।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार राति देहरादून पुगेका छन् । पुरालाका एसएचओ अशोक कुमारले भने–गहिरो खाडल र अन्धकारका कारण शव सडकसम्म लैजान समस्या भएको छ ।

उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal