आज :

यी हुन् एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका ४ जना, बाहिरियाे नामलिस्ट

  • अनलाइन डबली

काठमाडौँ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय समिति बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ ४ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

यसअघि सरकारमा रहेका स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ दोहोरिने भएका छन्। स्रोतका अनुसार बढुवा भएर भवानी खापुङ अब स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन्।

नयाँ मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्। त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नसक्ने सम्भावना रहेको छ।

यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए।

उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal