आज :

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो, शेरबहादुर कुँवर श्रममन्त्री

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । आजै सरकारबाट सबै मन्त्रीलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले नयाँ अनुहार सरकारमा पठाएको छ ।

नेताहरुका अनुसार भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीले पठाएको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई पठाइएको छ ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।

राष्ट्रिय सभा सदस्य समेत रहेका शेरबहादुर कुँवर अछामबाट एकीकृत समाजवादीको तर्फबाट मन्त्री हुने पहिलो हुन् । यसअघि मन्त्री हुने चर्चा चलेपनि अन्तिममा आएर नाम काटिएको थियो ।

अाइतबार बसेकाे स्थायी समिति बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियाे । सम्मानित नेता झलनाथ खनालले सचिवालय समितिको बैठकपछि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको संचारकर्मीलाई जानकारी दिएका थिए । उनले ६–६ महिना मन्त्री बन्ने सहमति अनुसार फिर्ता बोलाएको बताए ।

“उहाँहरुले मन्त्री भएको ६ महिना भइसक्यो । पहिले नै ६–६ महिना मन्त्री बन्ने सहमति भएको थियो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो” खनालले भने । तर पार्टीकाे निर्देशन र अपेक्षाकृत काम नगरेका कारण मन्त्रीलाइ फिर्ता बाेलाइएकाे एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal