आज :

एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाएसँगै तरंग, फिर्ता बोलाउनुको कारण यस्तो रहेछ

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नेपाली राजनीतिमा तरंग ल्याएको छ । सत्ता गठबन्धनमा छलफल नगरी एकीकृत समाजवादीले आइतबार सरकारमा सहभागी ६ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रेम कुमार आले बाहेक अरुमन्त्रीले राम्रो काम गर्न नसकेको भन्दै पार्टीभित्रै विरोध भइरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाक्री, श्रम तथा रोजगार मन्त्री कुष्णकुमार श्रेष्ठले अपेक्षाकृत काम गर्न नसकेपछि फिर्ता बोलाउनु पर्ने माग उठेको थियो ।

केही मन्त्रीलाई मात्रै फिर्ता बोलाउँदा गलत सन्देश जाने भएकोले एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ । सम्मानित नेता झलनाथ खनालले सचिवालय समितिको बैठकपछि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको संचारकर्मीलाई जानकारी दिएका थिए । उनले ६–६ महिना मन्त्री बन्ने सहमति अनुसार फिर्ता बोलाएको बताए ।

“उहाँहरुले मन्त्री भएको ६ महिना भइसक्यो । पहिले नै ६–६ महिना मन्त्री बन्ने सहमति भएको थियो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो” खनालले भने । तर पार्टीकाे निर्देशन र अपेक्षाकृत काम नगरेका कारण मन्त्रीलाइ फिर्ता बाेलाइएकाे एक नेताले बताए ।

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।

पार्टीले एकाएक फिर्ता बोलाउने निर्णय गरेपछि पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेर कारणबारे जानकारी लिन पुगेका थिए । अहिले उनीहरु र पार्टी अध्यक्ष माधव कुमार नेपालबीच छलफल भइरहेको छ । पार्टीले २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णयलाई रोक्न आले र खतिवडा पार्टी कार्यालय पुगेको बताइएको छ ।

गठबन्धनमा इमान्दारिता नभएकाेले अाफ्नाे पार्टीले स्थानीय चुनावमा नराम्राे हार खानु परेकाे निष्कर्ष निकालेकाे भाेलि पल्ट नै सबै मन्त्रीलाइ फिर्ता बाेलाएसँगै सत्ता गठबन्धनभित्रै तरंक ल्याएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal