आज :

रगतको मूल्य बढ्यो, अब प्रतियुनिट कति ? हेर्नुहोस सूचनासहित

  • अनलाइन डबली

काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ । सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ ।

यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।

प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छन् ।

समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ । हेर्नुस् सूचना

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal