आज :

रुपन्देही बस दुर्घटनापछि गृहमन्त्री खाँणले दिए यस्तो निर्देशन

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी उनले घायतेहरूको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा.शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे ।

बज बिहान साढे ४ बजेको समयमा रोहीणी गाउँपालिका-३ मा पर्ने भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु२ख ३८४१ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ५ जननो सनाखत भएको छ ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा-२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरवीन्द्र शर्माको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ । बसमा सवार ३३ जना सबै घाइते छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal