आज :

३ मतले चुनाव हारेको भन्दै एमाले उम्मेदवार थापाले हाले मुद्दा

  • अनलाइन डबली

काठमाडौँ । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।

यो वडामा नेपाली काँग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो ।

गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ । थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनस् गणनाको माग सहित निवेदन दिएका थिए ।

तर पुनः गणना हुन सकेन । `हारजित स्वभाविक हाे । लाेकतन्त्रमा निर्णय मान्नुपर्छ,´ उनले भने, `तर खसेकाे मत त देखाउनुपर्याे नि । खसेका ९ मतकाे जवाफ चाहियाे । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाका माग राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal