आज :

बजेट स्वागतयोग्य छ, ‘वानडाेर पाेलिसी’ बनाए एनआरएनएको लगानी भित्रिन्छः अध्यक्ष कुँवर

  • अनलाइन डबली

काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरले सरकारले पेश गरेको बजेटले एनआरएनएको लगानी स्वादेशमा भित्र्याउने वातावरण बनाउन खोजेको बताए । उनले बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

बुधबार संवाद डबलीले गरेको ‘अर्थतन्त्र र बजेट’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै कुँवरले परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्याउने प्रयास गरेको बताए । बढ्दो व्यपार घाटा कम गर्न बजेटले कृषिलाई प्राथमिकता र विदेशी लगानी दुई करोडमा झारेर लगानीमैत्री वातावरण बनाएको बताए ।

लामो समयदेखि दक्षिण कोरियामा व्यवसाय गर्दैै आएका कुँवरले बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग रहेको बताउँदै बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताए । उनले विदेशमा कमाएको रकम र सीपलाई नेपालमै लगाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।

अध्यक्ष कुँवरले वैदेशिक लगानी भित्र्याउन ‘वानडोर पाेलिस’ आवश्यक भएको बताए । नेपालमा डकुमेन्टमा समस्या भएको बताउँदै भने, “गैर आवसीय संघका साथीहरुले लगानी गर्ने भनेर नेपाल आउछन् तर डकुमेन्टमा निकै झन्झट छ, त्यो पार गर्न नसकेर लगानी फिर्ता हुने गरेको छ । सरकारले अब वानडोर पोलिसी बनाउनुपर्छ ।” उनले विदेशीलाई पाँच करोडबाट दुई करोड लगानी गर्न पाउने कुरा बजेटमा समेटिनु सकारात्मक कुरा भएको बताउँदै विदेशी लगानी बढ्न अपेक्षा गरे ।

विदेशीमा लगानी गर्दा सरकारी प्रक्रिया निकै सहज हुने गरेको बताउँदै अध्यक्ष कुँवरले नेपालमा लगानी गर्न आउने विदेशी नागरिकले त्यस्तै खोज्ने बताउँदै त्यसमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले बजेट हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै यसको कार्यान्वयन पाटो मुख्य भएको बताए ।

त्यस्त, बजेटले ऊर्जा क्षेत्रलाई सम्बोधन गरेको बताए । उनले आफूले पनि नेपालमा ऊर्जा क्षेत्रमा लगानी गरेको बताउँदै अध्यक्ष कुँवरले बजेटले उत्पादन भएको ऊर्जा खपतको समस्यालाई पनि सम्बोधन गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal