आज :

पालुङटारमा चितुवाको आक्रमणमा परेर प्रहरी हवल्दारसहित ३ जना घाइते

पालुङटार । चितुवाको आक्रमणबाट गोरखाको पालुङटारमा तीन जना घाइते भएका छन्। मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।

चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ।

प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार ४ का ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। उपचारपछि उनीहरू घर फर्केको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

जिल्ला वन कार्यालय र प्रहरी टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरू गरेका छन्। यसैबीच इलाका प्रहरी कार्यालय पालुङटारले यस आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई साँझपख र रातका बेला सुरक्षित रूपमा बस्न आग्रह गरेको छ।

चितुवा देखेमा प्रहरीलाई खबर गर्नसमेत इप्रकाले आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal