आज :

भरतपुर महानगरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

  • अनलाइन डबली

चितवन । नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहालले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

रेणुले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुसँगै उम्मेदवारी दर्ता गराकी छन् । गठबन्धनका नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी छन् ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

रेणुसँगै नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

त्यसैगरी सत्ता गठबन्धनले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।

मेयरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा नेकपा माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् ।

धनगढी चौराहाबाट बाजागाजासहित संयुक्त र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर र उपमेयरमा गठबन्धन भएपनि धनगढीका १९ वटा वडाहरूमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सैद्धान्तिक सहमति दलहरुले गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal