
दाङ । नेकपा (माओवादी केन्द्र)का नेता हेमराज शर्मा ‘डायमण्ड’ ले घोराही उपमहानगरपालिकाको मेयरमा मनोनयन दर्ता गरएका छन् । सत्ता गठबन्धनको तर्फबाट डायण्डनले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको भागबण्डामा प्रमुख माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसको भागमा परेका थियो ।
उम्मेदवारी दर्तापछि डायमण्डले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा विकास गरिने बताए । उनले आर्थिक विकास, कृषि उत्पादन, स्वास्थ, पर्यावरण र पर्यटनको विकास आफ्हरुको प्राथमिकता रहेको बताए ।
जनयुद्धमा पूर्णकालिन हुँदै महत्वपूर्ण जिम्मेवारी समालेका डायमण्ड माओवादीमा इमान्दार नेताको रुपमा चिनिन्छन् । हाल माओवादीका केन्द्रीय सदस्य समेत रहेका डायमण्ड घोराही–१५ निवासी हुन् ।
डायमण्डको घर परिवार नै माओवादी आन्दोलनमा सहभागी छन् । २०४७ देखि विद्यार्थी राजनीतिक जीवन सुरु गर्दै ०५३ सालबाट पूर्णकालिन भएर काम गर्दै आइरहेका छन् । दुई दिदी र दुई बहिनी पनि जनयुद्धमा सरिक भएका थिए । डायमण्डकी दिदी दामा शर्मा अहिले लुम्बिनी प्रदेश सभा सदस्य छन् ।
शान्त, शालिन स्वभावकमा शर्मा पार्टी भित्रको समस्या समाधान गर्न र संगठन परिचालन गर्न सक्ने नेताका रुपमा चिनिन्छन् । युद्धकालीन समयमा उनी कम उमेरमै पार्टी जिल्लाको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी जनयुद्धकालमा माओवादीले सञ्चालन गरेको जिल्ला जनसरकारका नीति, योजना र विकास योजनाकार समेत हुन् ।
त्यसैगरी विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाज पार्टी (जसपा) का अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाबाट उपमेयरको उम्मेदवार बनेका यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । सत्तारुढ गठबन्धनबीच भागबण्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो ।
त्यसैगरी सत्ता गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारीमा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डे पनि सँगै थिए । आचार्यले आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए ।
उम्मेदवारी फिर्ता लिने दिनसम्म साझा सेट बनाउने र १५ देखि १८ हजार भोटले जित्ने उनको दाबी छ ।