आज :

रापती समाज काठमाडौंको पहिलो महिला अध्यक्षमा सीमा पुरी

  • अनलाइन डबली

काठमाडौं । रापती समाज काठमाडौंको १४औं साधारण सभाबाट ७ औं कार्यसमिति अध्यक्षमा दाङकी सीमा पुरी सर्वसम्मतिले अध्यक्षमा चयन भएकी छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको साधारण सभाबाटै पूर्वअध्यक्ष प्रविन रेग्मिले पदभार पुरीलाई हस्तान्तरण गरेका छन् ।
नयाँ कार्य समितिलाई संविधानविद लिलाम्बर आचार्यले बधाई दिदै संघर्षशील र समाजसेवीहरुलाई गाह्रो हुने भएपनि उनिहरुका पछाडी धेरैको साथ रहने बताए । नयाँ कार्यसमितिले आगामी कार्यकालमा समाजको लक्ष्य तथा उद्देश्य प्राप्तिको शुभकामना दिए । त्यसैगरी निवर्तमान अध्यक्ष प्रविनकुमार रेग्मिले आफ्नो कार्यकालमा कोरोना महामारी लगायतका संकटहरुले घेरेपनि आफूले समाजलाई अघि बढाउन प्रयास गरेको बताउँदै नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिए ।

नयाँ कार्यसमितिको उपाध्यक्ष त्रय निराजन डाँगी,गोविन्द आचार्य, गंगाजी प्रसाद वली, सचिवमा एकराज भण्डारी कोषध्यक्षमा माधवी रेग्मि, सह–कोषाध्यक्षमा नमलाल आचार्य, सदस्यहरुमा आर.सी. गौतम,खुमा पाण्डे(सोनी ), सोमराज डाँगी, अनिता शाही र सुस्मित खड्का चयन भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal