आज :

अर्थमन्त्री फेर्ने सोचेका पनि छैनौंः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अर्थमन्त्री फेर्नेबारे पार्टीमा छलफल नभएको बताउँदै अहिले त्यो एजेण्डा अहिले नभएको बताए ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले गठबन्धनमा अर्थमन्त्री फेर्नेबारे कुनै एजेण्डा नभएको बताए । पत्रकारको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, अर्थमन्त्री फेर्नेबारे पार्टीमा कुरा पनि चलेको छैन। कुनै अजेन्डा पनि छैन ।”

सरकारलाई सहयोग गरेको र गोप्य सूचना सार्वजनिक गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । उक्त विषयलाई लिएर सत्तारुढ गठबन्धनकै केही नेताहरुले अर्थमन्त्री प्रभाकरको आयोजना गरेका थिए । गठबन्धनमा अर्थमन्त्री फेर्ने कुरा पनि चलेको केही संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । तर, प्रचण्डले त्यसलाई पूरै अस्वीकार गर्दै त्यो कल्पना पनि नगरेको बताए ।

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्न लागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि विवादमा परेका थिए । सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदमलाई उनले असहयोग गरेको सरकारी अधिकारीहरु बताउँछन् । गभर्नर अधिकारीले नेकपा एमालेको कार्यकर्ता बनेर सरकारलाई असहयोग गरेको सत्तारुढ दलका नेताहरुको भनाई छ ।

अधिकारीमाथि छानविन गर्न सरकारले समिति बनाएसँगै निलम्बनमा परेका छन् । आइतबार आफूलाई गैर कानूनी रुपमा निम्बलन गरेको भन्दै अधिकारी पुर्नवहालीको लागि सर्वोच्च अदालत पुगेका थिए । उनले लिएको रिट निदेवन दर्ता भएन । सर्वोच्चले अध्ययन गरेर मात्रै दर्ता गर्ने भन्दै फर्काइदिएको थियो ।

यसअघि सत्ता गठबन्धन दलका बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरलाई कारवाही गर्नु लगत भएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal