
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा उम्मेदवारको लागि ६ बुँदे मापदण्ड बनाएको छ । पार्टी केन्द्रले बनाएको मापदण्ड सबै प्रदेश कमिटीलाई पठाएको छ ।
माओवादी केनद्रले विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने, देश, जनता र क्रान्तिप्रति निष्ठावान हुनु पर्ने मापदण्ड बनाएको छ ।
अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर जारी गरिएको परिपत्रमा उम्मेदवार चयन गर्दा पार्टीले मापदण्डको पालना गर्न निर्देशन समेत दिइएको छ । परिपत्रमा निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाउनुपर्ने मापदण्ड स्पष्ट रुपमा उल्लेख गर्नुका साथै गठबन्धन दलहरुबीचमात्रै निर्वाचनमा तालमेल गर्न पाईने निर्णय पनि प्रेसित गरिएको छ । त्यस्तै समावेशी समानुपातिक प्रतिनिधित्वलाई लागू गर्न पनि निर्देशन दिइएको छ ।
६ बुँदे मापदण्डः १) विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने २) देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको ३) स्वच्छ छवि भएको ४) विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिने ५) पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने
६) समानुपातिक समावेशी प्रतिनिधित्वको आधारलाई विशेष ध्यान दिने ।