आज :

निर्वाचन आयोगले कुरा नसुनेका ७३ दलले ठूला ६ पार्टी विरुद्ध चुनावी मोर्चा कस्दै

काठमाडौं । कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी सहितका ७३ दलहरुले मंगलबार निर्वाचन आयोगले ठूला ६ पार्टी बाहेक अरु दलहरुलाई वेवास्ता गरेपछि भोलि बुधबार ६ दलिय सिण्डीकेट विरुद्ध बैठक बस्ने निर्णय गरेको समाजवादीका अध्यक्ष बुढाथोकीले बताएका छन् ।

आजै निर्वाचन आयोगले आफ्नो कार्यालयमा दलहरुलाई बोलाई आचारसंहिता कार्यान्वयन गर्न ६० बुँदे निर्देशन दिएको छ । सोही क्रममा अरु साना दलहरुले पनि आफ्ना धारणा तथा जिज्ञासा राख्न खोज्दा आयोगले उनिहरुका कुरालाई वेवास्ता गरेको र केही समय सो स्थान अशान्त पनि बनोको थियो, विवाद मिलाउन हम्मे परेपछि कार्यक्रम हलमा प्रहरी समेत पुगेको थियो ।

अध्यक्ष बुढाथोकीले ठूला दलहरुको पक्षमा मात्रै काम गर्न खोजेको आरोप लगाउँदै भने,“ठूला हुन या साना दलहरु लोकतान्त्रिक मुलुकमा निर्वाचन आयोगले समान व्यवहार गर्नुपर्छ तर त्यसो हुन सकेन, काँगे्रस, एमाले, माओवादी केन्द्र मात्रै पार्टी होइनन बहुसंख्यक अरु पार्टीहरु ठूला भनिएका पार्टीको सिण्डीकेटको मारमै पर्नु पर्ने, कस्तो विडम्बना ।” भोलि बानेश्वर थापागाउँमा आगामी चुनावमा आफूहरुको सामुहिक अस्तित्व सहित एक भएर लड्ने सम्मका विषयमा छलफल ६ दलको सिण्डीकेट विरुद्ध निर्णय गर्ने उनले अनलाईन डबलीलाई बताए ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ आउन ३८ दिन बाँकी रहँदा मंगलबार आयोगले प्रचारप्रसारदेखि मतगणनासम्म दलहरुले गर्नुपर्ने कार्यबारे निर्देशन दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal