
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाँदैछन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा ५० जनाको जम्बो टोली बोकेर तीन दिने भ्रमणको लागि आज दिउँसो भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दैछन् । स्रोतका अनुसार प्रधानमन्त्रको भ्रमण टोलीमापरराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत छन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शिर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् । भेटको क्रममा द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् ।
भ्रमणको एजेण्डा सार्वजनिक नगरिएको भएपनि रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
भोलि (शनिबार) प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । भोलि नै दुवै देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ ।