आज :

प्रभु लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा सुभाष अमात्य चयन

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार समालेका छन् । यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले २०७८ चैत्र १६ गते देखिनै लागु हुने राजिनामा दिएका थिए । उनले व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत गर्दै संचालक समितिले नयाँ अध्यक्ष चयन गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ ।

२०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal