आज :

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारा मिति २०७८ चैत्र १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

शान्ति फाउन्डेसन गैरसरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको बैंकका नायव प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिएका छन् ।

शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङज्यूले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
सानिमा बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal