आज :

तिलोत्तमा नगरपालिकामा बनेकाे भू टावरको ओलीले उद्घाटन गर्दै, छैटौं तलसम्म व्यवसायीक प्रयोजन

बुटवल । तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको लगानीमा भ्यू टावर तयार भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका र वनबाटिकाले साढे ११ करोडको लगानीमा भ्यू टावर निर्माण गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने भएका छन् । भू टावरको निर्माणको लागि आर्थिक वर्ष २०७३–०७४ मा ठेक्का सम्झौता भएको थियो ।

काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यू टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यू टावरको पहिलोदेखि छैठौ तलासम्म व्यवसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यअवलोकन हुनेछ । १० तले भ्यू टावर १ सय ३४ फिट उचाइ छ ।

भू टावर निर्माणको लागि कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँ खर्च भएको तिलोत्तमा नगरपालिकाले बताएको छ । भ्यू टावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गरेका छन् ।

लिफ्ट सुविधासहित बनेको भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्ज रुम, डिपामेन्र्ट स्टोर, अपिस रुम, एटेज ट्वाईलेट रुम बास मिल्ने गरी बातानुकूलित कोठा, लाइब्रेरीलगायतका संरचनाहरू बनाइएको छ ।

भ्यू टावरसंगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यू टावरको उत्तरतर्फ स्वीमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण भइरहेको छ ।

भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आखाँले सजिलै देख्न सकिने छ भने दुरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal