आज :

स्थानीय चुनावमा १ करोड ७७ लाख जनाले भोट हाल्न पाउने, मतदान केन्द्रको पनि टुंगो लाग्यो

काठमाडौं । आस्नन स्थानीय निर्वाचनमा १ करोड ७७ लाख मतदाताले भोटिङ गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।

आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावलीमा मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ ।

जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् । जनगणनामा महिलाको संख्या बढी देखिएपनि मतदातामा भने पुरुष बढी रहेका छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् । त्यस्तै, सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् । २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नाै सय ५५ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal