
काठमाडौं । रियल म्याड्रिडले मार्योकालाई ३-० गोलले अन्तरले पराजित गरेको छ । सोमबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए । च्याम्पियन्स लिगमा केही दिन अघि पीएसजीविरुद्ध ह्याट्रिक गरेका बेन्जेमाले त्यसपछि आफै दुई गोल थपेका थिए ।
भिनिसियसलाई फल हानेपछि खेलको ७७ औँ मिनेटमा पेनाल्टीबाट बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । ८२ औँ मिनेटमा मार्सेलोको पासमा उनले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । अब लिगमा १० खेल बाँकी छँदा २८ खेलबाट रियलको ६६ अंक रहेको छ । रियलले आइतबार बर्नाबेउमा एल क्लासिकोमा बार्सिलोनाको सामना गर्नेछ ।
यो जितसँगै रियल ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ ।