आज :

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५ हजार पाँच सय

काठमाडौं । विश्व बजारमा आएको पछिल्लो उथुलपुथलसँगै नेपालमा सुनको भाउ पनि अहिलेसम्मकै उच्चबिन्दूमा पुगेको छ । आयतमा कोटा र रुस–युक्रेन समस्यासँगै सुनको मूल्य बढेको हो ।

बुधाबर नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको छ । आजै एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर यो रेकर्ड बनेको हो ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो ।

यसअघि पनि कोभिड १९ का कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको थियो ।

सुन व्यसायी तेजरत्न शाक्यका अनुसार सुनको मूल्य अझै बढ्नेछ । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बुधबार तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal