आज :

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, कार्यसूचीमा पदाधिकारी चयन

काठमाडौं । शुक्रबार स्थगित भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पुनः बस्दैछ । राष्ट्रियसभा गृहमा बसेको बैठकको पहिलो दिन एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

महाधिवेशन पछि अध्यक्ष निर्वाचित गरेपछि पटक पटक स्थगित हुँदै आएको बैठक सर्दै आएको थियो । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

पुस १९ गतेको केन्द्रीय समितिको बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न बाँकी नै छ ।

नेताहरुका अनुसार आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने, पदाधिकारी चयनलगायतका विषमा छलफल हुनेछ । कुल २९९ केन्द्रीय सदस्यमा महाधिवेशनबाट २४७ मात्र चयन भएका छन् । १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने र १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ।

त्यस्तै पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष. एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन पनि यसैबाट गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal