आज :

बानेश्वरमा तनाव कायमै, प्रहरीले गो’ली लागेर हेमराजको टाउको फुट्यो

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएपनि बानेश्वर क्षेत्रमा तनाव कायमै छ । प्रहरीले बल प्रयोग परेपछि अहिले ठाउँठाउँमा झडप भइरहेको छ । प्रहरीले रबलको गोली प्रहार गर्नुको साथै अश्रृग्यास प्रहार गरिरहेको छ ।

एमसीसीविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरुले पनि प्रहरीमाथि ढुंगा र इटा हानिरहेका छन् । यो समाचार तयार पर्दैगर्दा वानेश्वरको बुद्धनगर जाने बाटो (अल्फाबेटा) नजिकै प्रहरीको गोली लागेर एक आन्दोलनकारीका टाउको फुटेको छ । स्थायी ठेगाना नखुलेको हेमराजको टाउँको फुटेर गिदी बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताए ।

प्रहरीले लखेट्दै सडकमै ढलाएपछि हेमराज अवस्थी बेहोस भएका थिए । उनको एभरेष्ट अस्पतामा उपचार हुन नसकेपछि ट्रमा सेन्टर रिफर गरिएको एक आन्दोलनकारी युवाले बताए । अहिलेसम्म हेमराज बेहोसमै भएको एक आन्दोलनकारी युवाले बताए ।

संसद बैठक स्थगित भएपनि शान्तिपूर्ण नारा लगाइरहेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप सुरु भएको थियो । नयाँबानेश्वरलेखि बबरमहलसम्म रणमैदानमा परिणत भएको छ ।

आज वानेश्वरमा सत्तारुढ नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीका भातृ संगठन, राप्रपा नेपाल, नेकपा क्रान्तिकारी माओवादीसहितका ६ दल र पूर्व सुरक्षाकर्मी परिषदले पनि विरोध प्रदर्शन गरेका थिए । त्यस्तै, नेपाल मजदूर किसान पार्टीले पनि आज वानेश्वरमा प्रदर्शन गरेको थियो ।

प्रहरीले गो ली चलाएपछि अहिले आन्दोलनकारी केही तितरबितर भएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal