आज :

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णय हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकमा विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगै स्थानीय चुनाव र पार्टीका आन्तरिक गतिविधिलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनभित्रै एमसीसी रस्साकस्सी परिरहेको बेला औपचारिक निर्णय नगरेको एकीकृत समाजवादी बैठकमा व्यापक छलफल हुने बताइएको छ । यसअघि बसेको सचिवालय बैठकले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रुपमा एमसीसी हुँबहु पास गर्न नसिकने बताउँदै आएका छन् ।

गठबन्धनको दोस्रो ठूलो पार्टी नेकपा माओवादी केन्द्रको संसदीय दलले यथास्थितिमा एमसीसी पास गर्न नसकिने र प्रधानमन्त्रीले जबरजस्ती गरेर सरकार छोड्ने निर्णय गरिसकेको छ ।

सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले एमसीसी पास गर्ने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पेश गर्न खोजिरहेका छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अडानका कारण आजसम्म एमसीसी टेबल हुन सकेको छैन । आइतबार बस्ने बैठकमा पेश गर्ने सरकारले सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

यसैबीच एमसीसलाई लिएर अमेरिका र चीन आमनेसामने आएका छन् । चीनले एमसीसी पास नभए चीन रोकेको निष्कर्ष निकाल्ने नेपाली नेताहरुलाई अमेरिकाले दिएको धम्की जवाफ चीनले दिएको छ । शुक्रबार चिनले अमेरिकाले नेपालमा जबरजस्ती कुटनीति सुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्ने बताएको ।

चीन पहिलो पटक खुला रुपमा एमसीसीबारे बोलेको छ । त्यसैगरी हिजो नेपालका लागि अमेरिकी राजदूतले एमसीसीबारे छलफलको लागि खुलाल रहेको तर हिं साजन्य गतिविधि स्वीकार नहुने बताएको छ ।

दुई ठूला देशको सरोकार रहेको एमसीसी परियोजना नेपालमा लागु भए निकट भविश्यमा यसको प्रभाव पर्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal